लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीमध्येको एक फर्स्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्ष २०७७/७८ को प्रगति सामान्य देखिएको छ ।
सबल संस्थाको छबी बनाएको यस कम्पनीले आफ्नो जगेडा कोषलाई शतप्रतिभन्दा धेरै बढाएको छ भने कोषको लागत उलेख्य घटाएको छ । यद्यपी नाफा बढाउन भने कम्पनी चुकेको देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तको नाफा १८ करोड रुपैयाँ बढेर १४ करोड १५ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १३ करोड ९७ लाख रुपैयाँ कमाएको कम्पनीको नाफा १.२९ प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६.१४ रुपैयाँ छ । गत आवको तुलनामा लघुवित्तले जगेडा कोष १०२.५२ प्रतिशतले बढाएर २८ करोड १ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा लघुवित्तले ६४ प्रतिशतले सापटी बढाएर ८ अर्ब ६० करोड ६६ रुपैयाँ लिएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएर ८ अर्ब २० करोड ४२ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा कोभिड संक्रमणका बीच कर्जा लगानी ४८ प्रतिशतले बढाएको कम्पनीको ब्याज आम्दानी नै अघिल्लो आवकोे तुलनामा १४ करोड ६८ लाख रुपैयाँ कम देखिन्छ ।
यद्यपी ब्याज खर्च पनि सोही अनुपातमा घटाउन सकेको लघुवित्तले खुद ब्याज आम्दानी भने १८ प्रतिशतले बढाउँदै २६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।
खर्च नियन्त्रणमा लघुवित्त सफल देखिन्छ । गत आवमा रहेको २ करोड ७ लाख कर्मचारी खर्च स्थीर रहेको छ भने अन्य सञ्चालन खर्च ५५ लाख बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमासको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सले २ करोड ७५ लाख रुपैयाँ सम्भावित कर्जा वापत व्यवस्था गर्दा लघुवित्तको सञ्चालन नाफा ३.२९ प्रतिशत मात्र बढेर २२ करोड ५१ लाख रुपैयाँ छ ।
खराब कर्जा अनुपात शुन्य रहेको फस्ट माइक्रोफाइनान्स लघुवित्तको प्रतिशेयर नेटवर्थ १६ रुपैयाँले बढेर १३१.९५ रुपैयाँ पुगेको छ । यस्तै कोषको लागत आधा घटेर ५.३६ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात ५०.९९ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया