लक्ष्मी उन्नत्ती कोषले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेको छ । कोष गत आवको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो ।
कोषको साउन ५ गते, मंगलबार बिहान सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को लागि योजनाको इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
लक्ष्मी उन्नत्ती कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहि लगानी कोष योजना हो । जसको प्रवद्र्धन लक्ष्मी बैंकद्वारा गरिएको छ भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया