नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।
नेप्सेका अनुसार लघुवित्तको चुक्ता पूँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असार २१ गते, सोमबार सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा सम्पन्न भएको थियो ।
संस्थाको पाँचौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ माघ २६ गते इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिने (प्राप्ती) सम्झौता गरी हाल मर्जर तथा एक्वीजिशन प्रकृयामा रहेको छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाइसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया