चार जुवाडे ७२ हजार नगद सहित प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले ७२ हजार नगद सहित चार जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–११ युनिक रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा ७२ हजार ३८० रुपैयाँ, ६६ हजार रुपैयाँ नगद सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–११ बस्ने ४५ वर्षीय सुमन्त कोईराला लगायत ४ जनालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।

उनीहरुका साथबाट उक्त नगद, १ थान बैंक चेक र तास नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।