
तेह्रथुम पावर कम्पनीले तेह्रथुमका स्थानीयका लागि जारी गरिरहेको प्राथमिक शेयर (आईपीओ) संकलन केन्द्र थप गरेको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार साउन ८ देखि शुक्रबारदेखि सप्तकोशी डेभलपमेन्ट बैंकको बसन्तपुर शाखाबाट आवेदन दिन सकिने ब्यवस्था गरिएको जानकारी दिएको छ ।
यसअघि नै कम्पनीको आईपीओमा माछापुच्छ्रे बैंकको हिले शाखा, नेपाल बंगलादेश बैंकको संक्रान्ति, फेदाप, छथर, सिधुवा, साँगुरीगढी, र राजारानी शाखा, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, जलविद्युत आयोजनाको आयोजना स्थल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुमका स्थानीय बासिन्दाका लागि ४ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । उक्त शेयरमा छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म सबै शेयर खरीदको माग नभएको खण्डमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् ।
जारी पूँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रहेको कम्पनीले ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया