सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थीर

0
Shares


सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

सुनको मूल्य सामान्य बढेपनि चाँदीको मूल्य भने सोमबार स्थीर बनेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी ९१ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाका १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।