नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NAGRO) को १४ प्रतिशत बोनस शेयर वितरण भएको छ ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले साउन ८ गते शुक्रबार सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा १४ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।
लघुवित्त कम्पनीको गत असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको थियो । सोही बोनस शेयर वितरण गरिएको हो ।
कम्पनीले उक्त बानस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी साउन ५ गते सूचीकृत गराईसकेको छ ।
साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि उक्त बोनस नेप्सेमा कारोबार गर्न सक्नेछन् ।
कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया