वोमी लघुवित्तको प्रगति लोभलाग्दो, खुद नाफामा ६६६ प्रतिशत वृद्धि

0
Shares


वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) को प्रगति आकर्षक देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा लघुवित्तको अखुद नाफामा ६६६ प्रतिशत वृद्धि आएको छ ।

गत आवमा लघुवित्तले खुद नाफा १६ करोड ५ लाख रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधि (२ करोड ९ लाख) को तुलनामा ६६६.८१ प्रतिशत धेरै हो।

चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले १ अर्ब ६३ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब १२ करोड ९३ लाख रुपैयाँ सापटी गरी ४ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२ करोड १० लाख र सञ्चालन नाफा २२ करोड ३९ लाख रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४.०५ प्रतिशत, निक्षेप ८८.७३ प्रतिशत, सापटी ११८.६१ प्रतिशत, कर्जा १०८.५४ प्रतिशत, खुद ब्याज आम्दानी ८७।२६ प्रतिशत, सञ्चालन नाफा ५७९.१० प्रतिशत र जगेडा कोषको आकार २१०.६१ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको खराब कर्जा ०.५८ ले बढेर २.०८ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५.८० बाट बढेर ३८.९७ रुपैयाँ पुगेको छ। अघिल्लो आवको तुलनामा ३३.१७ रुपैयाँ इपिएस बढेको हो । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७१.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.५७ गुणा छ ।

लघुवित्तको जगेडा कोषमा २९ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ९ करोड ४९ लाख मात्र थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  ०६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।