समीट लघुवित्तको नाफा २०० प्रतिशत बढ्यो , खराब कर्जा ४.८८ प्रतिशत

0
Shares


समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) को नाफा २०० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३ करोड ९७ लाख नाफा कमाएको लघुवित्तले गत आवमा ११ करोड ९८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

चुक्ता पूँजी ४९ करोड ४३ लाख रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३०.३८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १४.७६ रुपैयाँ धेरै हो ।

चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले १ अर्ब ५ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ८० करोड ४६ लाख रुपैयाँ सापटी गरी ४ अर्ब २८ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९ करोड ४० लाख ९६ हजार र सञ्चालन नाफा १९ करोड १ लाख ६५ हजार रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५५ प्रतिशत, निक्षेप २७.७६ प्रतिशत, सापटी ३१७ प्रतिशत, कर्जा १४७ प्रतिशत, खुद ब्याज आम्दानी ७२.७० प्रतिशत, सञ्चालन नाफा २०४ प्रतिशत र जगेडा कोषको आकार १२६ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको खराब कर्जा १.९८ ले बढेर ४.८८ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.७९ गुणा छ ।

लघुवित्तको जगेडा कोषमा २१ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ९ करोड ६४ लाख मात्र थियो । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।