
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सोमबार (साउन १८ गते) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिलो कारोबार खुल्दैछ ।
दोस्रो बजारमा कारोबारका लागि दुबै कम्पनीले आइतबार नेप्सेमा सूचीकृत गरेका थिए । नेप्सेले युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ११५.१३ रुपैयाँदेखि अधिकतम ३४५.३९ रुपैयाँसम्मको र मनकामना स्मार्ट लघुवित्तको प्रतिशेयर न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
युनियन लाइफको दोश्रो बजारमा कारोबारका लागि युएलआई र मनकामना स्मार्ट लघुवित्तको लागि एमकेएलबि कारोबार संकेत दिएको छ । यसअनुसारआजदेखि यहि कारोबार सिम्बोलमा यी कम्पनीको शेयर खरीद बिक्री हुनेछ ।
- युनियन लाइफको धितोपत्र पनि सोमबारदेखि दोस्रो बजारमा खरीद बिक्री गर्न सकिने
- मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया