प्रि-ओपनिङ्गमा ५५ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा ९ अंक वृद्धि

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा ५५ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा करिब दोहोरो अंकको सुधार देखिएको छ ।

आज नेप्से ९.१६ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ९४ दशमलव २४ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६७ कम्पनीका १२ हजार ८९९ कित्ता शेयर १ करोड ३४ लाख ९८ हजार ५८१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।