
गत आर्थिक वर्ष २०७७/७८ मा पुनरकर्जाबाट ४८ हजार ८९० जना ऋणी लाभान्वित भएका छन् ।
बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर महाप्रसाद अधिकारीले २०७७ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरिएको जनकारी दिए ।
गभर्नर अधिकारीका अनुसार राष्ट्र बैंकबाट स्वीकृत भएको कर्जामध्ये १ खर्ब २ अर्ब ९१ करोड रुपैयाँ लगानीमा रहेको छ । जसमध्ये १५ लाख रुपैयाँसम्मको लघु घरेलु तथा साना उद्यम पुनकर्जाबाट ३५ हजार ५५४ ऋणी लाभान्वित भएका छन् । गत आवमा २५ अर्ब रुपैयाँ बराबरको लघु घरेलु तथा साना उद्यम पुनकर्जा केन्द्रीय बै.कबाट स्वीकृत भएको उनले जानकारी दिए ।
यसैगरी २०७८ जेठसम्ममा १ खर्ब ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । यसबाट ९६ हजार ८५२ जना लाभान्वित भएका छन् । सरकारबाट व्यवस्था गरिएको व्यवसाय निरन्तरता कर्जा अन्तर्गत २०७८ जेठसम्ममा ८२ करोड २४ लाख स्वीकृत भई ५९ करोड ७ लाख लगानीमा रहेको सो अवसरमा जानकारी दिइयो ।
कोभिडबाट अति प्रभावित उद्योग व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उदेश्यले चालु पूँजी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएकोमा गत जेठसम्ममा १६ हजार १८२ ऋणीले १४ अर्ब २४ करोड रुपैयाँ उपयोग गरेका छन् । यस्तै आवधिक कर्जा मात्र उपयोग गरेका ऋणीलाई सोही कर्जाको धितोमा अधिकतम १० प्रतिशतसम्म थप कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था गरिएकोमा बैंक तथा वित्तीय संस्थाले ७ हजार २६९ ऋणीलाई ९ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ ।
कोभिडका कारण परियोजना सम्पन्न हुन नसकेका बैंक तथा वित्तीय संस्थाले ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था बमोजिम ९९३ ऋणीको ५२ अर्ब कर्जाको ग्रेस अवधि थप गरिएको छ । जसमध्ये अति प्रभावित ४९८ ऋणीलाई २९.६३ अर्बको कर्जामा एक वर्ष, मध्यम प्रभावित ३२१ ऋणीलाई १८.४१ अर्बको कर्जामा९ महिना र न्यून प्रभावित १७४ ऋणीलाई प्रवाह भएको ३.९५ अर्बको कर्जामा ६ महिना ग्रेस अवधि थप गरिएको हो ।
कोभिडका कारण साँवा तथा ब्याज भुक्तानी भुक्तानी अवधि थप गर्ने व्यवस्था बमोजिम २०७८ जेठसम्म १९ हजार ७८६ ऋणीले ९४ अर्बको कर्जा भुक्तानीमा समय पाएका छन् । जसमध्ये अति प्रभावित ४ हजार २११ ऋणीलाई ३५.३० अर्बको कर्जामा एकदेखि २ वर्षसम्म, मध्यम प्रभावित ७ हजार ८८७ ऋणीलाई २८.३० अर्बको कर्जामा ९ महिना र न्यून प्रभावित ७ हजार ८६६ ऋणीलाई प्रवाह भएको ३०.३० अर्बको कर्जामा ६ महिना समयावधि थप गरिएको हो ।
कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गर्ने नीति बमोजिम राष्ट्र बैंकले २०७७ पुससम्ममा कोभिडबाट अति प्रभावित क्षेत्रका २१ हजार ६१७ उद्यमी व्यवसायीको १ खर्ब २९ अर्ब २१ करोड बराबरको कर्जा पुनरसंरचना र पुनरतालिकीकरण भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया