मौरिससको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार मुद्धाको छिट्टै फैसला आउनेमा सैञ्चुरी बैंक विश्वस्त

0
Shares

सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबारको विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम कारवाही अघि बढिरहेकाले छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नुपर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम कार्य अगाडि बढेको जनाउँदै कल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद प्रकट गरेको छ ।

बैंकले असुलीको विषय हाल मध्यस्तकर्ता (ब्चदष्तचबतष्यल त्चष्दगलब०ि सँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेकोले मुद्धाको फैसला छिट्टैै यस आउनेमा बैंक विश्वस्त छ ।

केही अनलाइन सञ्चारमाध्यममा बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्नु हुन समेत सम्पूर्ण सञ्चारमध्यमहरुलाई बैंकले अनुरोध गरेको छ ।

अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने व्यहोरा समेत बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।