सात ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

0
Shares

सरकारले सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले बिहीबार सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीहरुमा काठमाडौंको श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सन, कुस्माको कालिगंगा निमार्ण सेवा, इलामको कन्टा निमार्ण सेवा, धनगढीको लाटिनाथ कन्स्ट्रक्सन सेवा रेहका छन्

त्यसैगरी कालोसूचीमा पर्नेमा उदयपुरको अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, सुनसरीको आवीद निमार्ण सेवा र काभ्रेको बिक्रम खाद्य स्टोर रहेका छन् । ए। के एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्ष तथा अन्य सबैलाई एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरिएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  ०७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।