
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड को गत आर्थिक वर्षको वित्तीय विवरणमा खुद नाफा १५५.३१ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा ५ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १८ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पचास प्रतिशतभन्दा धेरै खुद ब्याज आम्दानी बढेर कोषको लागत उच्च घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी ९ करोड २० लाख ५० हजार रूपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३६.९४ रुपैयाँ बढेर ६०.७३ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.३० गुणा छ ।
समीक्षा अवधिमा चुक्ता पूँजी स्थीर रहेको लघुवित्तको जगेडा कोषको आकार ४६४.९२ प्रतिशत, निक्षेप ३८.८७ प्रतिशत, सापटी ६७.६३ प्रतिशत, कर्जा लगानी विस्तार ४७.१६ प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ५५.४३ प्रतिशतले बढाएको लघुवित्तको सञ्चालन नाफा ८९.१९ प्रतिशतले बढेको छ ।
सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत ३ करोड ८ लाख व्यवस्ूथा गरेको लघुवित्तले ३ करोड ९७ लाख खराब कर्जा असुली गरेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ५१ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन, १ अर्ब ४ करोड ८३ लाख सापटी लिएर १४ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ११ करोड २२ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी र ४ करोड ९० लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा ६ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १ करोड १८ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.२७ बिन्दुले घटेर ०.६८ प्रतिशतमा सुधारिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया