आइसिएफसि फाइनान्सको पुरानो लाभांश संकलन गर्न अनुरोध

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले पुरानो लाभांश संकलन नगरेका आफ्ना शेयरधनीलाई संकलन गर्न अनुरोध गरेको छ ।

फाइनान्सले साधारण सभाहरुबाट पारित भएर विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम लिन बाँकी रहेका शेयरधनीलाई उक्त लाभांश अविलम्ब संकलन गर्न भनेको हो ।

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी लिन लभांश संकलन गर्नसकिने फाइनान्सले जनाएको छ ।

उक्त समयान पनि लाभांश रकम संकलन नगर्ने लगानीकर्ताको लाभांश रकम प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने फाइनान्स कम्पनीले बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १४ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।