कुमारी इक्विटी फण्डको साउन २५ गते बुकक्लोज

0
Shares

कुमारी इक्विटी फण्ड (KEF) ले प्रतिफल वितरण प्रयोजनको लागि साउन २५ गते इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कुमारी सामुहिक लगानी कोषद्वारा सञ्चालित यस फण्डले प्रतिफल वितरण प्रयोजनका लागि साउन २५ गते सोमबार एक दिन बुकक्लोज गर्ने भएको हो ।

कुमारी इक्विटी फण्डले आव २०७७र७८ को लागि इकाई धनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअनुसार बुक क्लोजको अघिल्लो कारोबार दिन साउन २४ गतेसम्म नेप्सेमा इकाई खरीद गरी कायम हुने लगानीकर्ता मात्र उक्त प्रतिफलको हकदार हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।