
स्वदेशी लघुवित्तसँग मर्जर सम्पन्न गरी गत आर्थिक वर्षबाट एकीकृत कारोबार गरेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को खुद नाफामा मर्जरको सिनर्जी इफेक्ट देखा परेको छ ।
अघिल्लो आवमा १७ करोड ५६ लाख ५४ हजार खुद नाफा गरेको लघुवित्तले समीक्षा अवधिमा २२१.४९ प्रतिशतले खुद नाफा बढाएर २०७८ असारसम्ममा ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा १७.५३ प्रतिशतले चुक्ता पूँजी बढेर १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको लघुवित्तको प्रतिशेयर आम्दानी २०.६० रुपैयाँ बढेर ३२.४६ रुपैयाँ पुगेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.५८ गुणा छ ।
अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको जगेडा कोष २३३.५६ प्रतिशत, निक्षेप १८०.२४ प्रतिशत, सापटी १६७ प्रतिशत, कर्जा लगानी १४०.०५ प्रतिशत खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत, सञ्चालन नाफा २२९.२० प्रतिशतले बढेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले २ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन, १५ अर्ब ५९ करोड ७० लाख सापटी लिएर १६ अर्ब ८९ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा कम्पनी ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफामा छ ।
संस्थाको जगेडा कोषमा ९३ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा २८ लाख ३ हजार रुपैयाँ थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.०६ बिन्दुले घटेर ०.९३ प्रतिशतमा झरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया