घोडीघोडा लघुवित्त नोक्सानीमा

0
Shares

घोडीघोडा लघुवित्त वित्तिय संस्था गत आर्थिक वर्षमा नोक्सानीमा पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनी १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको हो । अघिल्लो आवको यसै अवधिमा १२ लाख २९ हजार रुपैयाँले नोक्सानीमा रहेकोमा नोक्सानी थप बढेको हो ।

खुद नाफासँगै अन्य आम्दानी पनि घटेपछि लघुवित्तको नोक्सानी गहिरिएको हो ।

चुक्ता पूँजी २ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६.६७ रुपैयाँ नोक्सानीमा छ ।

कम्पनीको जगेडा कोष ५४ लाख ४१ हजार रूपैयाँ ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ ८०.३० रुपैयाँ छ ।

कम्पनीको खराब कर्जा अनुपात ४.९३ प्रतिशत रहेको छ ।

आधिँखोला लघुवित्तसँग मर्जर सम्झौता गरेका कारण लघुवित्तको धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।