उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को खुद नाफा र जगेडा कोषमा आकर्षक सुधार आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा १९२ र १३७ प्रतिशतले बढेको हो ।
अघिल्लो आवमा ३ करोड २४ लाख ३४ हजार खुद नाफा गरेको लघुवित्तले समीक्षा अवधिमा ६ करोड २५ लाखले खुद नाफा बढाएर २०७८ असारसम्ममा ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा १७.८१ प्रतिशतले चुक्ता पूँजी बढेर १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ पुगेको लघुवित्तको प्रतिशेयर आम्दानी ३२.२३ रुपैयाँ बढेर ५३.९२ रुपैयाँ पुगेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७०.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.६२ गुणा छ ।
अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको जगेडा कोष १३७.६५ प्रतिशत, निक्षेप १८.४८ प्रतिशत, सापटी २७.२२ प्रतिशत, कर्जा लगानी २९.६९ प्रतिशत खुद ब्याज आम्दानी ३९.३८ प्रतिशत, सञ्चालन नाफा २००.५५ प्रतिशतले बढेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ९१ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब २० करोड ६४ लाख सापटी लिएर २ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २४ करोड ५६ लाख ६१ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा कम्पनी १३ करोड ६९ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफामा छ ।
संस्थाको जगेडा कोषमा १२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ५ करोड २१ लाख रुपैयाँ थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.५१ बिन्दुले बढेर २.३२ प्रतिशतमा पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया