शेयर बजारलाई प्रभावित पार्ने मौद्रिक नीति नल्याउन निर्देशन

0
Shares

व्यवस्थापिका संसदको अर्थ समितिले मौद्रिक नीतिबाट पूँजीबजारको विकास र स्थायीत्वमा प्रतिकुल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग समितिमा बुधबार भएको छलफलपछि अर्थ समितिले सो निर्देशन दिएको हो । समितिले दिएको सत्र बँदै निर्देशनमध्ये आठौं नम्बरमा यो विषय उल्लेख छ ।

समितिले दिएको उक्त निर्देशनमाथि शुक्रबार पूर्व अर्थमन्त्रीहरु डा. बाबुरम भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे लगायतहरुसँग छलफल गर्दैछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी भएपनि अर्थ समितिले छलफवल प्रकृया अगाडि बढाएपिछि नीति सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । समितिको छलफलपछि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक पश्चातमात्र केन्द्रीय बैंकले उक्त नीति सार्वजनिक गर्नेछ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ । तरपनि सरकार परिवर्तनका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले जेठ १५ गते अध्यादेश मार्फत ल्याएको बजेटमा आधारित भएर निमार्ण गरिएको नीतिमा गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले परितर्वन गर्न सक्ने भएकाले केन्द्रीय बैंकले मौद्रिक नीतिमा ढिलाई गर्दै आएको छ ।

राष्ट्र बैंकले वित्तीय स्थिायित्व विषेश जोड दिदै मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । कोरोनाका कारण अस्त–व्यस्त भएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सो क्रममा हुन सक्ने जोखिम न्यूनीकरणमा विषेश केन्द्रित रहि नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दरहरुमा समेत परिवर्तन नगरी सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

बुधबार भएको छलफलपछि अर्थ समितिले राष्ट्र बैंकलाई दिएको निर्देशन यस्तो छ:-

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।