स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना पुगेको छ ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १० हजार २२६ पुगेको छ ।
मन्त्रालयका अनुसार उपत्यका र शहरमा पछिल्ला दिनहरुमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दो छ । शनिबारसम्म काठमाडौंमा ७ हजार १९३ जना, ललितपुरमा १ हजार ७४५ जना र भक्तपुरमा १ हजार २८८ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ९१० जनामा संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२२ जनाले कारोना संक्रमण जितेका छन् । यस अवधिमा १९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १० हजार ३८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३९ जनाले कोरोना खोप लगाएको जनाएको छ । हालसम्म २३ लाख ५९ हजार ७९३ जनाले पूर्ण खोप लगाएका छन् भने ४४ लाख ४२ हजार ६२२ जनाले कोडि १९ विरुद्धको पहिलो मात्र खोप लिएका शनिबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट २३.७ प्रतिशत सङ्क्रमित देखिएकाले सङ्क्रमितको सङ्ख्या र अनुपात क्रमश: बढ्दो रहेकाले सरकारले छिटो खोपको व्यवस्था गर्नुपर्ने पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन् । उनले उपलब्ध खोप अभियानका साथ लगाउने एवं अस्पतालमा बेड, आइसियु र भेन्टिलेटरमात्र नभई स्वास्थ्य जनशक्ति पनि पर्याप्त व्यवस्था गर्न आवश्यक रहेको बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया