बुद्धभुमीले साउन ३२ तथा न्यादी पावरले भदौ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

0
Shares

बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

त्यस्तै न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आईपीओ बिक्री गर्न लागेका हुन् ।

बुद्धभुमिले नुवाकोट जिल्लाका स्थानिय बासिन्दाका लागि तथा न्यादी हाइड्रोपावरले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएका हुन्।

बुद्धभुमी नेपाल हाइड्रोपावर

बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर लिमिटेडले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आयेजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो।

बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  ०८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।