
कुमारी इक्वीटी फण्ड (KEF) ले गत आर्थिक वर्षको सञ्चित नाफाबाट इकाईधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत लाभांश (प्रतिफल) पाउन आइतबारसम्म इकाईैधनी कायम हुनेपर्ने देखिएको छ ।
फण्डले साउन २५ गते सोमबार बुक क्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनी मात्र प्रतिफल पाउन योग्य हुन्छन् ।
कुमारी क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले इकाईधनीलाई करसहित ५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण्ण गर्न लागेको हो ।
गत बिहीबार फण्डको दोस्रो बजारमा प्रतिइकाई मूल्य १०.७१ रुपैयाँ कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया