
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षमा १६५.९० प्रतिथशतले खुद नाफा बढाउँदा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७.५९ रुपैयाँले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा लघुवित्तले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा ४ करोड ७४ लाख १८ हजार नाफा कमाएको थियो ।
नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २०.७८ बाट ४८.३७ रुपैयाँ पुगेको हो । यस्तै प्रतिशेयर नेटवर्थ १६३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.०३ गुणा छ ।
चुक्ता पूँजी २६ करोड ६ लाख ५० हजार रूपैयाँ रहेको लघुवित्तको समीक्षा अवधिमा चुक्ता पूँजी १४.२५ प्रतिशत, जगेडा कोष १११.७० प्रतिशत, निक्षेप ४२.८७ प्रतिशत, सापटी १२४.१८ प्रतिशत, कर्जा लगानी ६३.१६ प्रतिशत, खुद ब्याज आम्दानी ७७.१९ प्रतिशत र सञ्चालन नाफा १४७.८५ प्रतिशतले बढेको छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ८७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब ५७ करोड ६७ लाख सापटी लिएर ३ अर्ब १८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २७ करोड ५० लाख २ हजार रुपैयाँ खुद व्याज आम्दानी र १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा १६ करोड ५७ लाख ८९ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ७ करोड ८३ लाख ५४ हजार रहेको थियो । लघुवित्तको खराब कर्जा अनुपात ३.११ बिन्दु बढेर ४.२७ प्रतिशतमा पुगेको छ । खराब कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी रकम पनि १४४ प्रतिशत बढेर ३ करोड ३३ लाख व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया