प्रि-ओपनिङ्गमा नेप्से ५ अंकले बढ्यो, सूचक ३११३ बिन्दुमा

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से सूचकमा ५.८३ अंकको वृद्धि आएको छ ।

कारोबारमा आएका ४८ मध्ये ३८ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से सुधारिएको हो । आज नेप्से ५.८३ अंकले बढेर ३ हजार ११३ दशमलव ९५ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४८ कम्पनीका २१ हजार ८२१ कित्ता शेयर १ करोड ७८ लाख ७७ हजार ४४९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।