सोमबार कारोबारको दुई घण्टा अर्थात १ बजेसम्मको अवधिमा ४ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेर बढेको छ भने ६ अर्बभन्दा धेरै शेयर कारोबार भएको छ ।
यस अवधिमा कारोबारमा आएका २१७ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त, र युनियन लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । जसमध्ये जीवन विकास लघुवित्त, र युनियन लाइफ हालै मात्र दोस्रो बजारमा कारोबारमा आएकाले यी कम्पनीके शेयरमूल्यममा सकारात्मक सर्किट लागेको हो ।
चन्दा्गिरी हिल्स, कालिका लघुवित्त, विजय लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।
दुई घण्टा अवधिमा २१७ कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा खरीद बिक्री भएका छन् । समाचार तयार पार्दासम्म जलविद्युत र अन्यको सूचक १ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, होटल, उत्पादन, लघुवित्त, जीवन बीमा, र लगानी समुहका सूचक ऋणात्मक छन् ।
यसअवधिसम्ममा अरुण भ्यालीको सर्वाधिक ३४.२५ करोडको शेयर कारोबार हुँदा सिनर्जी पवार, अपि पावर, युनाइटेड मोदी हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र सञ्जुश्री फाइनान्सको उच्च कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया