पछिल्लो २४ घण्टामा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ को ज्यान गयो

0
Shares

कोभिड-१९ बाट देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा संक्रमित बनेका छन् ।

यस अवधिमा कुल १६ हजार ५९४ वटा नमुना परिक्षण गरिएकोमा २ हजार ६०९ जना पीसीआरबाट र एन्टिजेन परीक्षणमा १ हजार ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।। हालसम्म ६ लाख ७१ हजार ८३ जनाले कोभिड संक्रमण पराजीत गरेका छन् भने १० हजार ९३ जनाको संक्रमणका कारण निधन भएको छ । कोभिड निको हुनेदर ९३.५० प्रतिशत रहेको छ ।

हाल देशभर ३६ हजार २८८ सक्रिय सङ्क्रमित रहेकामध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् । यस अवधिमा ७४१ जना आईसीयुमा रहेका छन् भने १८६ जना भेन्टिलेटरमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३८१ ज्ना र क्वारेन्टिनमा ४४१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । कोभिड–१९ बाट मृत्यु हुने दर १.५० प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।