साना किसानको पूँजीवृद्धि अनुपातमा नाफा नबढ्दा प्रतिशेयर आम्दानीमा दबाबमा

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा २५.१२ प्रतिशत पूँजीवृद्धि गरेको लघुवित्तको नाफा १२.१८ प्रतिशतले मात्र बढेपछि प्रतिशेयर आम्दानीम ५.६७ रुपैयाँको गिरावट आएको छ ।

चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको लघुवित्तको इपिएस ४९.१४ रुपैयाँमा संकुचित बनेको छ ।

लघुवित्तले खुद नाफा ९ प्रतिशतले बढाउँदा सञ्चालन नाफा भने ५.७८ प्रतिशतले घटेको छ । सम्भावित जोखिम बापत ३० करोड ८० लाख रुपैयाँ व्यवस्था गरेपछि सञ्चालन नाफा घटेपनि २० करोड पुरानो खराब कर्जा उठाएपछि लघुवित्तको नाफा बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १७.८३ प्रतिशत, सापटी ४.५८ प्रतिशत र कर्जा १४.८१ प्रतिशत, खुद ब्याज आम्दानी ९.०२ प्रतिशत बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०.६९ प्रतिशत, प्रतिशेयर प्रतिशेयर नेटवर्थ २८५.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.३७ गुणा छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तले २० अर्ब ३१ करोड ७९ लाख सापटी लिएर २४ अर्ब ५३ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा कम्पनी ७७ करोड ४० लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफामा छ ।

संस्थाको जगेडा कोषमा २ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।