शिवश्री हाइड्रोपावर पौने २ करोड नाफामा

0
Shares

शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको २२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजनाबाट जेठ १ गतेदेखि व्यवसायीक विद्युत उत्पादन थालेसँगै कम्पनीको नाफामा सुधार आएको हो ।

पछिल्लो दुई महिना अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा ३ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ५.११ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ करोड ८४ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १०१.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६४ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ०८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।