साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से सूचकमा दोहोरो अंकको वृद्धि आएको छ ।
कारोबारमा आएका ७२ मध्ये ५६ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से १०.७१ अंकले सुधारिएको हो । आज नेप्से १०.७१ अंकले बढेर ३ हजार १२० दशमलव ३० अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ७२ कम्पनीका ३८ हजार ५९४ कित्ता शेयर २ करोड २३ लाख ८३ हजार ३४३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया