शेयर बजारले नयाँ रेकर्ड बनाउँदा कुन कम्पनीका लगानीकर्ताले कमाए कसले गुमाए ?

0
Shares

शेयर बजार मापक सूचक नेप्से साउन २६ गते मंगलबार नेप्से ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । यो नेप्सेमा कायम भएको हालसम्मकै उच्च बिन्दु हो । एक सातामै शेयर बजारले फेरि नयाँ रेकर्ड बनाएपछि लगानीकर्ताहरूको मनोबल पनि बढ्दा लगानीकर्ताहरू उत्साहित छन् ।

११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आजको बजारमा मंगलबार ११ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र प्रोगेशिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

शाइन रेसुङ्गा डेभलमपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, मल्टिपपर्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, र समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-08-10 15:00:00
GMFIL 651.20 59.20 10.00
JBBL 552.20 50.20 10.00
MLBL 564.30 51.30 10.00
PROFL 543.40 49.40 10.00
BFC 578.60 52.60 10.00
CFCL 643.50 58.50 10.00
ICFC 813.10 73.90 10.00
SIFC 625.90 56.90 10.00
KSBBL 645.70 58.70 10.00
SINDU 552.20 50.20 10.00

यी कम्पनीको शेयर लगानीकर्ताले गुमाए

आजको कारोबारमा कमजोर वित्तीय अवस्था रहेका र लाभांश वितरण गर्न नसक्ने कम्पनीको मूल्य सर्वाधिक घटेका छन् । साञ्जेन जलविद्युत कम्पनीको मूल्य सर्वाधिक ५.१६ प्रतिशतले घट्दा सिनर्जी पावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ ।

अरुण भ्याली हाइड्रोपावर, बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको मूल्य करिब ४ प्रतिशतले नै घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-08-10 15:00:00
SJCL 479.00 -26.10 -5.16
SPDL 729.00 -36.00 -4.71
KKHC 384.00 -17.00 -4.25
PMHPL 420.00 -18.00 -4.11
GHL 475.00 -20.00 -4.02
AHPC 603.00 -25.00 -3.98
UMHL 534.00 -22.00 -3.96
BPCL 652.10 -26.90 -3.96
UPCL 532.00 -21.50 -3.87
UMRH 673.00 -27.00 -3.86

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । कूल २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १ लाख ६३ हजार ९६९ वटा कारोबारबाट खरिद बिक्री भई १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ कारोबार पुगेको छ ।

आज अपर तामाकोशीको सबैभन्दा धेरै ८९.३३ करोडको शेयर खरीद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।