नेप्सेमा सूचीकृत कम्पनीहरुको नयाँ वर्गिकरण, ग्रुप ‘ए’ मा २८, ‘जेड’ मा १५८

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप ए, बि, जि र जेड गरी चार समूहमा वर्गिकरण गरेको छ । नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ए मा २० कमर्सियल बैंक, दुई विकास बैंक, एक फाइनान्स, एक माइक्रोफाइनान्स र चार हाइड्रोपावर कम्पनी गरी कुल २८ कम्पनी परेका छन् ।

ग्रुप ए समूहमा विकास बैंक अन्तर्गत कामना सेवा विकास बैंक, साइन रेसुङ्गा बैंक परेका छन् । यस्तै, फाइनान्सतर्फ आइसिइफसी फाइनान्स, माइक्रोफाइनान्सतर्फ आरएमडिसी लघुवित्त र हाइड्रोपावर तर्फ अपि पावर, बुटवल पावर, सानिमा माइ हाइड्रो र युनाइटेड मोदि हाइड्रो पावर रहेका छन् ।

यस्तै, गप्रु बी मा १० वटा कम्पनी परेका छन् । जसअन्तर्गत एक कर्मर्सियल बैंक, एक विकास बैंक, दुई फाइनान्स दुई वटा माइक्रो फाइनान्स र तीन हाइड्रो पावर गरी कुल १० वटा कम्पनी समेटिएका छन् ।

ग्रुप जि मा २७ कम्पनी समेटिएका छन् । जस अन्तर्गत ७ माइक्रोफाइनान्स, पाँच इन्भेष्टमेन्ट, होटल तथा टुरिजम र अन्य, ६ बीमा कम्पनी र ९ वटा हाइड्रो पावर कम्पनी गरी कुल २७ वटा कम्पनी समावेश भएका हुन् ।

यस्तै, ग्रुप जेडमा १५८ वटा कम्पनी समेटिएका छन् । जस अन्तर्गत पाँच वटा कर्मर्सियल बैंक, १४ विकास बैंक, २० फाइनान्स, २२ बीमा कम्पनी, ४३ माइक्रो फाइनान्स, २४ हाइड्रो पावर र ३० वटा उत्पादन ट्रेडिङ, इनभेष्टमेण्ट, होटल-टुरिजम र अन्य कम्पनीहरु परेका छन् ।

कमर्सियल बैंक अन्तर्गत सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्टाण्डर्ड चार्टड विकास बैंक परेका छन् ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । नेप्सेको वर्गिकरणमा चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिनसक्ने नेप्सेले जानकारी दिएको छ ।

कुन कम्पनी कुन ग्रुपमा छन् ? यहाँ क्लिक गर्नुहोस्

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।