मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) मा शुक्रबारसम्म अर्थात तीन दिनमा साढे १८ लाख आवेदकले आवेदन दिएका छन्।
लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुका ५ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जनाले आवेदन गरेका छन् ।
उल्लेखित आवेदनबाट २ अर्ब ४० करोड ३४ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । यो माग लघुवित्त कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको तुलनामा ६५.२१ गुणा धेरै हो ।
लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया