
पछिल्लो २४ घण्टामा २२१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४१९ गरी कुल २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६९१पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना रहेका छन् । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण थप ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म कुल १० हजार २ सय ९२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै आइतबार कोरोना संक्रमणबाट १ हजार ८६७ जना निको भएका छन् । हालसम्म निको हुने दर ९३।२ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया