शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आवको यसै अवधिमा १ अर्ब १७ करोड ७० लाख नाफा कमाएकोमा १८.४१ प्रतिशतले नाफा बढेको हो ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा पनि सोही सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशतले बढेर ९ अर्ब ६१ करोडको सिमेन्ट बिक्री गरेको छ ।
चुक्ता पूँजी ४ अर्ब ४० करोड रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३१.६८ रुपैयाँ छ । अघिल्लो आवको यसै अवधिमा २६.७५ रुपैयाँ थियो ।
कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६.८० प्रतिशत बढेर ५ अर्ब ३८ करोड ५९ लाख पुगेको छ । प्रतिशेयर नेटवर्थ २२२.४१ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०२ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया