एक करोड बढी सार्वजनिक सम्पति हिनामिना गर्ने प्रहरी अख्तियारको फन्दामा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पिति हिनामिना गरेको अभियोगमा एक जना प्रहरी सहायक निरीक्षक विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ।

आयोगले नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की विरुद्ध. १ करोड ०३ लाख ९७ हजार ९३७.५४ रुपैयाँ भ्रष्टाचार गरि सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

कार्कीले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी उक्त रकमको हिनामिना गरेको स–प्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय हुने तथा हानिनोक्सानी गरेको उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार  ०९ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।