मानुषी लघुवित्तको आईपीओ यसै साता बाँडफाँड हुने

0
Shares

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) यसै साता बाँडफाँड गर्ने तयारी भएको छ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले बिहीबार प्रि-अलटमेन्ट गरे शुक्रबारै वा ढिलोमा आइतबारसम्म आईपीओ बाँडफाँड गरिने जनाएको छ ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ता माग परेको छ । जुन सर्वसाधारणमा माग गरिएको तुलनामा ८३.१० गुणा बढी हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गरिने बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र शेयर पाउनेछन् । जुन कुल आवेदकको १.५३ प्रतिशत मात्र हो । ९८.४७ प्रतिशतको हात भने खाली हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।