माधवकुमार नेपालद्धारा ५८ केन्द्रीय सदस्य सहित नयाँ दल दर्ताका लागि आवदेन

0
Shares

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै माधवकुमार नेपाल समूहले ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी आएको राजनीतिक दलसम्बन्धी अध्यादेशले नेता नेपाललाई पार्टी फुटाउन सहज भएको हो ।

नयाँ पार्टीमा ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने माधवकुमार नेपाल पार्टी अध्यक्ष रहेका छन् । झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ ।

यद्यपी नवौं महाधिवेशनदेखि नेपाल खेमामा रहेका बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु भने नयाँ पार्टीमा रहेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।