साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५० अंक बढेर ३२०८ दशमलव ५३ विन्दुमा पुगेको छ ।
बुधबार ३८.२८ अंक बढेर ३१९८.६० बिन्दुमा बन्द नेप्से बिहीबार प्रि ओपन सेसनमा करिब दोहोरोअंकले बढेको हो ।
बिहीबार प्रि ओपन सेसनमा ७२ कम्पनीको शेयरकारोबार भएकोमा ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २० कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
आज प्रि ओपन सेसनमा ७४ कम्पनीको ६४ हजार ६३८ कित्ता शेयर ४ करोड ५५ लाख ३५ हजार ५२६ रुपैयाँको शेयर खरीद बिक्री भयो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया