एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको बुकक्लोज तय

0
Shares

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई सामुहिक लगानी कोष योजनाको इकाईधनी दर्ता किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण भएको छ ।

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० दुबै फण्डले भदौ १८ गते बुकक्लोज गर्ने भएका हुन् । यसअनुसार भदौ १७ गते बिहीबरसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापनमा सञ्चालित दुबै फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।