
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBSL) को छैठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालयमा सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाबाट ग्रामीण विकास लघुवित्त र अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट प्रतिनिधि सञ्चालक शिवहरी दंगाल र प्रतिनिधि सञ्चालक लेखनाथ भुसाल निर्वाचित भएका हुन् ।
त्यस्तै, सभामा सर्वसाधारण समुह ‘ख’ को तर्फबाट शेयरधनीहरु मध्येबाट भरतराज कोइराला, प्रतिनिधि सञ्ंचालक मनोज कुमार खड्का निर्वाचित भएका छन् ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया