अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रद र सूर्योदय लघुवित्त (SLBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।
अपि पावरले जेठ २० गतेदेखि असार १३ गतेसम्म जारी गरेको चुक्ता पूँजीको २९.३८ प्रतिशत हकप्रद शेयर बापतको कुल ५६ लाख ७० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
यसैगरी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३ लाख ३० हजार कित्ता कित्ता बोनस शेयर पनि नेप्सेमा आजै सूचीकृत भएको छ । लघुवित्तको चुक्ता पूँजीको १५.३५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई उक्त बोनस वितरण गरेको थियो ।
२०७७ चैत ३१ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस अनुमोदन भएको थियो । सभाका लागि चैत १९ गते बुकक्लोज गरेकाले चैत १८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र लघुवित्तको बोनस पाउनेछन् ।
दुई कम्पनीको गरी नेप्सेमा कुल ६० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । बिहीबार सूचीकृत भएको दुबै कम्पनीको हकप्रद र बोनस शेयर आइतबारदेखि लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया