अरुण काबेली पावरको शेयरमूल्य समायोजन

0
Shares


अरुण काबेली पावर लिमिटेड (AKPL) को शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै भदौ १५ गते, मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको १७ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको छ । घिल्लो कारोबार दिनको अन्तिम मूल्य ७९७ रुपैयाँलाई आधार मानेर शेयरमूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

लाभांश पारितपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित भदौ २६ गते कम्पनीले साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।