जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) को शेयरमूल्य घट्न थालेको छ ।
सर्वसाधारणमा शेयर जारी गरेर धितोपत्र बजारमा कारोबार आएदेखि निरन्तर १९ औं कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको लघुवित्तको मूल्य आइतबारदेखि ओरालो लाग्न थालेको हो ।
साउन १४ गते बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको कम्पनी शेयरमूल्यमा भदौ १० गते बिहीबारसम्म निरन्तर सर्किट लागेको थियो । प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको यस कम्पनीको मूल्य यसबीचमा ४ हजार २८४ रुपैयाँ बढेर ५१९८ रुपैयाँसम्म पुग्यो । पहिलो कारोबारका आधारमा कम्पनीको मूल्य ४६८.७१ प्रतिशतले बढेको थियो ।
भदौ १५ गते आइतबार २.३१ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ७९ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको शेयर मंगलबार साढे ११ बजेसम्ममा ३.४३ प्रतिशत घटेर प्रतिकित्ता ४ हजार ९०५ रुपैयाँमा झरेको छ । आधा घण्टा अवधिमा लघुवित्तको १४ हजार २४० कित्ता शेयर कारोबारमा आएको छ । ८ हजार ७८२ कित्ता खरीद माग भएको कम्पनीको शेयर बिक्रीका लागि ७ हजार ५०० कित्ता रहेको छ ।

लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले र तीनै शेयर पाउने आवेदकमध्ये ५ जनाले थप १।१ कित्ताका दरले ११ कित्ता आईपीओ पाएका थिए ।
लघुवित्तले असार ११ गतेदखि असार १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया