नेप्से ६९.०५ अंकले घट्यो, सूचक ३ हजार मुनि झर्दा कारोबार १३ अर्बमा खुम्चियो

0
Shares

मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

बजार सूचक मापक नेप्से २.२७ प्रतिशत अर्थात ६९.०५ अंकले घटेर २९७५ दशमलव ८४ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.३४ अंकले घटेर ५५० दशमलव ५२ बिन्दुमा झरेको छ ।

बजार घट्दा उच्च लाभांश क्षमता भएका कम्पनीको पनि शेयरमूल्य घटेका कारण लगानीका लागि भने अवसर पनि सिर्जना भएको छ । बजार घट्दै जाँदा आफुस्ँग भएको लगानी चरणबद्ध रुपमा लगानी गर्दै जाँदा लाभांश सिजनमा लगानीकर्ताले सस्तो मूल्यमा नै शेयर प्राप्त गर्नसक्ने अवस्था रहेको छ । बजारमा करिब २०० अंकको गिरावट आएकाले पनि लगानीकर्ताका लागि घटेको बजारमा लगानीको अवसर सिर्जना भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार २२७ वटा कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर १ लाख ३० हजार ७७४ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रूपैयाँ पुगेको छ ।

कारोबार भएका १३ समूहमध्ये सबैको सूचक घटेको छ । मंगलबार विकास बैंक, जलविद्युत, र फाइनान्सको सूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक १ अर्ब १ करोडको शेयर कारोबार भएको छ । कम्पनीको १३ लाख ४९ हजार कित्ता कारोबार भएको छ ।

यसैगरी हिमालयन डिष्टीलरी ४९.२३ करोड, अपि पावर २९.७८ करोड, नेपाल बैंक २९.७४ करोड, र गुडविल फाइनान्सको २९.६५ करोडको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, आईसीएफसी फाइनान्स, अरुण काबेली पावर र कामना सेवा विकास बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ ।

मंगलबार कर्णाली डेभलमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७.५८ प्रतिशतले कमाएका छन् । यसैगरी मनकामना स्मार्ट लघुवित्त, र सर्पोट माइक्रोफाइनान्सको लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा धेरैले नाफा कमाएका छन् ।

उता रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले गुमाएका छन् । माउन्टेन हाइड्रो, हिमालयन उर्जा विकास, सिभिल लघुवित्त, घलेम्दी हाइड्रोपावर, माउन्टे इनर्जी, रिडी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।