सुनको मूल्य बिहीबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा २०० रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ८०० अरुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २०५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९१ हजार रुपैयाँ, तेजावी ९० हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य घटेपनि चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।