एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको प्रतिफल वितरणका लागि बुकक्लोज

0
Shares

एनआईसी एशिया म्युचुअल फण्डद्धारा सञ्चालित दुई सामुहिक लगानी कोष योजनाहरु एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति तोकेका छन् ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको बैठकले दुबै फण्डले प्रतिफल वितरणका लागि भदौ २७ गते आइतबार एकैदिन इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने मिति तोकेको हो ।

यसअनुसार दुबै फण्डले प्रस्ताव गरेको लाभांश पाउन भदौ २४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई इकाईधनी कायम भैसकेको हुनपर्नेछ ।
आर्थिक वर्ष २०७७/७८ बाट दुबै फण्डले इकाईधनीहरुलाई समान कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।