अपि पावर कम्पनीको लाभांश आइतबारदेखि शेयर खरीद गर्नेले नपाउने

0
Shares

अपि पावर कम्पनी लिमिटेड (API) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयरआइतबारदेखि शेयर खरीद गर्ने लगानीकर्ताले नपाउने भएका छन् ।

कम्पनीले भदौ २५ गते अठारौँ वार्षिक साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ ।

यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन भदौ १७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७७।७८ को खुद नाफाबाट चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

यसैगरी सभाले बोनस शेयरपछि कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशत (१ बराबर ०.३९३६ अनुपातमा) मा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ ।

सभाले हकप्रद जारी गर्नका लागि नियामक निकायहरुमा आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

कम्पनीले लाभांश र बोनसपछि हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न भदौ २५ गते प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा बिहान ११ बजे अठारौँ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहिबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।