मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने

0
Shares

कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेश बाबु श्रेष्ठले नोटबजारलाई जानकारी दिए ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरा समेत जानकारी गराएको ।

विगतमा झैं आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले देखाउनु भएको साथ र सद्भावको समेत मनकामना केबुलकारले अपेक्षा गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।